Logo

मुख्य समाचार

सम्पदा ब्वाइज होस्टलमा प्रहरीले स्वीप अपरेशन चलाउँदा हत्कडी र लौरो बरामद


१० कार्तिक २०८२, सोमबार  

23
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टलमा प्रहरीले आइतबार दिउँसो स्वीप अपरेशन सञ्चालन गरेको छ। अपरेशनका क्रममा प्रहरीले होस्टलको बी ब्लक प्रयागमार्गस्थित ए ब्लकबाट हत्कडीदेखि प्रहरीको लौरोसम्मका सामग्री बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमा दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीले प्रयोग गर्ने लौरोसमेत रहेका छन्। ती सामग्री फेला परेपछि प्रहरीले होस्टलका वार्डेन गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएको छ।

हाल ठाकुरमाथि ती सामग्रीको श्रोत र प्रयोजनबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : ०९ बजे