जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री सिंहले आज मधेश प्रदेश सभालाई पत्र लेखेर यहि असोज २८ गते विश्वासको मत लिने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।
गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए । उनले एमाले र जनमतसँग मिलेर सरकार बनाउन दाबी पेस गरेका थिए ।
मुख्यमन्त्री सिंहले राजीनामा दिने चर्चा भइरहेको बेला आज उनले प्रदेश सभालाई लेखेको पत्रले उनले राजीनामा नदिने स्पष्ट भएको छ ।
प्रतिक्रिया