Logo

प्रदेश

बाजुरामा भालुको आक्रमण बाट एक महिला गम्भीर घाईते



बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छन् ।

घाईते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ बर्षकी श्रमती जौकला रावत रहेकी छन् । उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर गम्भीर घाईते बनाएको हो ।

रावत बजारबाट काक्रा बिक्रि गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन् । 

उनका अनुसार,गम्भीर घाईते भएकी रावतको पाखुरा,खुट्टा र टाउको र मुखमा चोटपटक लागेको बताएकी छन् । गम्भीर घाईते भएकी उनलाई उपचारको लागी बयलपाटा अस्पताल अछाम लगिएको बताईएको छ ।

छेडेदहमा भालुले आक्रमण गर्ने घटना बढि घट्ने गरेका छन् । यो भन्दा अघि पनि सोही गाउँपालिकाको वडा नम्बर ३ धुर्ताला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावतलाई भालुले आक्रमण गरि गम्भीर घाईते बनाएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ३५ बजे