Logo

मुख्य समाचार

माओवादी केन्द्रद्वारा जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधिको विरोध



काठमाडौं । जेनजी पुस्ताले उठाएका मागहरूप्रति नेकपा (माओवादी केन्द्र)ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू घुसेको भन्दै कडा विरोध जनाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको मूल उद्देश्य र छविमा धक्का पु¥याउने गरी भएका तोडफोड र आगजनीजस्ता विध्वंसात्मक गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनभित्र घुसेका प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरूले जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ ।’

उनले पार्टीका कार्यालयहरू, अध्यक्ष प्रचण्डसहित नेताहरूको निजी सम्पत्तिमा आक्रमण भएकोप्रति चिन्ता व्यक्त गर्दै दोषी पहिचान भए कडा कारबाही गर्न तयार रहेको स्पष्ट पारे । ‘यदि यस्ता गतिविधिमा हाम्रो पार्टीका कसैको संलग्नता देखिएमा कडा भन्दा कडा कारबाही गर्न हामी तयार छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, सापकोटाले माओवादी कार्यकर्ताको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी र आन्दोलनलाई कमजोर पार्ने प्रयासप्रति आम जनसमुदायलाई सचेत रहन हामी हार्दिक अपिल गर्दछौं,’ सापकोटाले भने।

विज्ञप्तिमा सरकारलाई पनि यस्ता घटनामा संलग्नमाथि प्रमाणका आधारमा कडा कारबाही गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ३६ बजे