Logo

समाचार

सुशीला कार्की पहिलो महिला सरकार प्रमुख


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख नियुक्त भएपछि नेपालले पहिलो पटक महिला नेतृत्व पाएको छ। राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको राजनीतिक सहमतिपछि कार्कीलाई प्रधानमन्त्रीको शपथ आज दिइँदै छ।

कार्कीले यसअघि पनि देशकी पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन्। प्रधानन्यायाधीशबाट अवकाश लिएर करिब आठ वर्षपछि उनले कार्यपालिकाको नेतृत्व गर्दै अर्को कीर्तिमान बनाएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशको तीनवटै अंग अस्तव्यस्त भएको परिस्थितिमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो। राष्ट्रपतिको आह्वानमा भएको परामर्शमा प्रधानसेनापतिसमेतको सहभागिता रहेको थियो।

कार्कीले सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचनाबाट मुलुकलाई मार्गदर्शन गर्ने र आगामी निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाएकी छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ४३ बजे