Logo

मुख्य समाचार

देश र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शन


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

बाजुरा । देश र संविधानको रक्षा गर्न माग गर्दै बाजुरामा शान्तिपूर्ण मौन प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल बार एसोसियसन बाजुराको संयुक्त आयोजनामा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा देश बचाउन र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शनी गरिएको हो ।

“देश बचाऔं,संविधानको रक्षा गरौं” भन्दै हातमा प्लेकार्ड र नेपालको संविधान २०७२ को पुस्तक बोकेर शान्तिपूर्ण मौन प्रर्दशनी गरेका हुन् ।  उनीहरुले अहिलेको विषम परिस्थितिमा देशलाई जोगाउन तथा संविधानको रक्षामा उभिन आह्वान गर्दै मौन प्रदर्शनी गरेका हुन्।

यहीँ भदौ २३ र २४ गते संघिय राजधानी काठमाडौं लगायत देशका विभिन्न जिल्लामा जेनजी युवा समुहरुको आन्दोलन पछी घटेका घटनाहरुले देश आक्रान्त भई सिङ्गो राज्य र संविधान विथोल्न ठुलो प्रहार भएको भन्दै देश र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रर्दशनी गरिएको नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौलेले बताए ।

देश परिवर्तनको लागी जेनजी पुस्ताहरुले गरेको आन्दोलन सकारात्मक भए पनि जेनजीकै नाममा मच्चाईएको वितण्डा,सार्वजनिक सम्पती माथिको तोडफोड तथा आगजनी लगायतका घटनाले व्यवस्था माथी नै ठुलो धराप परेको ठहर गरिएको छ ।

प्रदर्शनमा मार्तडीमा उपलब्ध जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी पत्रकार र कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : १० बजे