काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका विषयमा शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्। नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने सम्भावनाबारे सल्लाह–मसल्ला गरिरहेका छन्।
कार्की नेतृत्वको अन्तरिम सरकार गठन गर्ने सहमति प्रारम्भिक तहमा बने पनि संसद् विघटनबारे दलहरूबीच मतैक्य हुन बाँकी छ। राष्ट्रपति शीतलनिवास फर्किएसँगै नेपाली सेनाले त्यहाँको सुरक्षा व्यवस्था कडाइ गरेको छ।
प्रतिक्रिया