काठमाडौं । जनकपुरधामका अधिकांश सरकारी कार्यालय र मधेश प्रदेश सरकार मातहतका मन्त्रालय र निकायहरुमा तोडफोड र आगजनी भएको छ ।
सोमबार काठमान्डौमा जेनजीले गरेको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि देशभरका युवाहरु प्रदर्शनमा उत्रेका छन् । सोही क्रममा मंगलबार (आज) जनकपुरधाममा हजारौंको संख्यामा आक्रामक बनेका युवाहरुले विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड गर्नुका साथै कार्यालय, सवारी साधनलगायतमा आगजनी गरेका छन् ।
युवाहरुले मधेश प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मधेश भवनभित्र रहेका विभिन्न मन्त्रालय र मन्त्रीका क्वाटर, कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालयमा तोडफोड गर्नुका साथै करीब २ दर्जन सवारी साधनमा आगो लगाएका छन् ।
युवाहरुले जनकपुरधामस्थित नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको निवास, एमालेका नेता रघुविर महासेठको घर, एमाले पार्टी कार्यालयमा पनि तोडफोड गर्नुका सागै आगजनी गरेका छन् ।
युवाहरुले केपी ओली मुर्दावाद, शेरवहादुर देउवा मुर्दाबाद, भ्रष्टाचार गर्न पाउँदैनलगायतका नारा लगाएका छन् ।
प्रतिक्रिया