Logo

मुख्य समाचार

देशभक्त नागरिक मञ्चले गर्यो चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई जनस्तरबाट बुझाईएको अपिलपत्र सार्वजनिक


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । देशभक्त नागरिक मञ्चले नेपालको सार्वभौम भूमि लिम्पियाधुरा, लिपुलेकमाथिको अतिक्रमणलाई रोक्नको लागि चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई जनस्तरबाट बुझाईएको अपिलपत्र सार्वजनिक गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले हराएको नेपाल राष्ट्र खोज्न र लुकाईएको नेपाल राष्ट्र खोस्न उठ्नको लागि अपिल गर्दै चिनियाँ दूतावासमा नागरिकको सुझावसहित पत्र बुझाईएको जानकारी गराएको हो ।

मञ्चले चीनलाई नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको कुरालाई स्थापित गर्नको लागि सहयोग गर्न समेत आग्रह गरेको छ ।

मञ्चका संयोजक गोविन्द बोहोराको हस्ताक्षरमा चिनियाँ दूतावास र युएनको लागि पत्राचार गरिएको हो ।

कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले राजनीतिक दलहरुले गर्नुपर्ने काम नागरिक मञ्चले गरेको भन्दै सुगौली सन्धिले कालीपूर्व र काली पश्चिम भनेको स्मरण गराए ।

उनले राणा प्रधानमन्त्रीहरु सिमांकनको विषयमा गम्भीर रहेको कुरा जंगबहादुरले पहिला सिमांकनको अडान लिनुले प्रष्ट पारेको पनि बताए ।

केसीले  चीनतर्फ १४ सय किलोमिटर र भारतर्फ १८१८ किलोमिटर रहेको तथ्यांक पेश गरे । उनले चीनसँग सिमा विवाद नभएको जिकिर गरे । उनले  चीनतर्फ नेपालको सिमा विवाद नगन्य मात्रामा रहेको बताए ।

पत्रकार सम्मेलनमा डा. विजय मिश्र, दुर्गाप्रसाद पौडेल, रामप्रसाद मैनाली, दिलिप थापामगरले पनि आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : १२ बजे