काठमाडौँ । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइयो)मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भनेर बोल्दा पनि गाली खाने दिन आएको बताएका छन् ।
शैक्षिक धारको ’द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सिइओ ज्ञवालीले समाज नकारात्मकता तर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
सिइओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताए । उनले भने, ‘प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउँदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिन चाहन्छु ।’
ज्ञवालीले अब युगमा डिजिटाइजेसन र एआइ अपनाउनैपर्ने औंल्याए । उनले एआईलाई एउटा टुल्सको रुपमा महत्व छ भनि बुझ्न जरुरी रहेको बताए । उनले टेक्नोलोजिले धेरै कुरा परिवर्तन गर्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको बताए ।
ग्राविटी ग्रुपका सिइओ दिपक चौलागाईले सञ्चालन गर्ने पडकाष्ट योहो टेलिभिजनमा प्रसारण हुनेछ । पोडकाष्टमा एआई संवाद समेत राखिने गरी डिजाइन गरिएको चौलागाईले जानकारी दिए ।
उनका अनुसार शिक्षा आर्जनका लागि सहयोगी बन्नेगरी पडकाष्ट प्रसारणमा आउनेछ । योहो टिभी र ग्राविटी ग्रुपबिच शुक्रबारनै सम्झौता आदानप्रदान गरिएको छ । म्याक्सहव एआइ स्मार्ट बोर्डले शोको टाइटल स्पोन्सर गरेको छ ।
ग्राविटी ग्रुपले ग्राविटी होम ट्यूसन सोलुसन सञ्चालन गर्दै आएको छ भने ग्राविटी मेगा मिडिया समेत सञ्चालनमा ल्याएको छ ।
सोही अवसरमा नबिल बैँकका सिइओ ज्ञवालीले चाबहिल स्थित केएल टावरमा सञ्चालनमा रहेको ग्राविटी होम ट्यूसन सोलुसन’को रिवन काटेर उदघाटन गरेका छन् ।
प्रतिक्रिया