रामेछाप । मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी समस्या भएको भन्दै सरोकारवालाले त्यसलाई नियन्त्रण गर्न सबैको प्रयास आवश्यकता रहेको बताएका छन् ।
मन्थली नगरपालिकाले १९ औ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापाले यो समस्या समाधानका लागि सबै क्षेत्र र निकायको सहकार्य आवश्यक रहेको बताए । उनले यसलाई रोक्न सामाजिक सचेतना पनि त्यतिकै आवश्यक रहेको बताए ।
कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले बढ्दो आवश्यकता र आकाङ्क्षाले मानव बेचबिखन र ओसारपसार गम्भीर चुनौती बनेको बताइन् ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले यो कानुनी रूपमा अपराध भए पनि यसलाई रोक्न सामाजिक सचेतना पनि त्यतिकै आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं इन्सेकका प्रतिनिधि नवराज पथिकले मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था र त्यसले पारको प्रभाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।्
त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापको तर्फबाट पनि त्यसको अवस्था र सजायको व्यवस्था बारे कार्यपत्र प्रस्तुत भएको थियो ।
प्रतिक्रिया