Logo

मुख्य समाचार

विद्यालयकै बसले किचेर बालकको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

सिरहा । घरमा पु¥याउन गएको बसले किचेर सात वर्षीय छात्र बालक आदर्श कुमार साहको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–२ का मदन साहका ७ वर्षीय छोरा मृतक बालक पिजी कक्षामा अध्ययनरत थिए । पढाई सकेर बालबालिकालाई घर घरमा पु¥याउन गएको ‘ट्रिनिटी सेकेन्ड्री बोर्डिङ्ग स्कूल ’ गोलबजार नगरपालिका २ को बसमा सवार बालक ओर्लिने बेलामा बसबाट लडेका थिए ।

बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि बढाई दिए । बालक साहको टाउको नै बसको पछाडिको पाङ्ग्रामा प¥यो । बालक साह ठहरै भए ।

मृतक बालकको शव पोष्टमार्टमको लागि प्रहरीले लहान अस्पताल पठाएको छ । बस चालक तथा विद्यालयका प्रिन्सिपल फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

घर नजिकै बसबाट ओर्लिने क्रममा दुर्घटनामा परी  बालक साहको ज्यान गएपछि बालकका माता पिता भावविह्वल भएका छन् । गोलबवजार नगरपालिका २ लालपुर गाउँ नै शोकमग्न भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ५ : २९ बजे