Logo

कर्पोरेट

हेमराज ढकाल धितोपत्र बोर्ड प्रवेश



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालक पदमा नियुक्त भएका छन्। निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दै ढकाललाई आज (बुधबार) पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो।

बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले ढकाललाई शपथ ग्रहण गराएका हुन्। प्रचलित कानुनी प्रावधानअनुसार बोर्डमा निजी क्षेत्रबाट महासंघको पदाधिकारी तहको व्यक्ति सञ्चालकमा नियुक्त हुने व्यवस्था छ।

केही समयदेखि रिक्त रहेको निजी क्षेत्र प्रतिनिधि सञ्चालकको पदमा ढकाललाई नियुक्त गरिएको बोर्डले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ३९ बजे