झापा । झापाको दमक–१०, जहदामा खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु भएको छ। आज बिहान भालुखोला तर्ने क्रममा इन्द्र प्रसाईंका छोरा धर्मेन्द्र प्रसाईं बगेका थिए। प्रहरी निरीक्षक नवीन राईका अनुसार उनलाई आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।
२८ श्रावण २०८२, बुधबार
23
Shares
प्रतिक्रिया