Logo

कर्पोरेट

सिद्धार्थ क्यापिटलका तीन फण्डको लाभांश घोषणा, बढीमा २० प्रतिशत



काठमाडौं । सिद्धार्थ क्यापिटलले संचालन गरेका तीन बन्दमुखी म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्।

कम्पनीका अनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले करसहित २० प्रतिशत नगद लाभांश दिनेछन्। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले करसहित १७ प्रतिशत लाभांश वितरण गर्नेछ।

प्रतिफल वितरणका लागि बुक क्लोज मिति भने पछि तोकिने क्यापिटलले जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : २३ बजे