Logo

समाचार

जनकपुरमा रेल र कार ठोक्किँदा तीन जना घाइते



जनकपुरधाम, धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापाचोक नजिक आइतबार बिहान रेल र कार ठोक्किँदा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहान ८:३० बजे वाग्मती प्रदेश०१–०२५च १२९० नम्बरको कार महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा नेपाल रेल्वेको रेलसँग ‘क्रसिङ एरिया’मा ठोक्किएको हो।

घाइते तीनै जना कारमा सवार रहेका थिए र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। कारमा ठूलो क्षति पुगेको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, ठक्करपछि ठूलो आवाज आएको थियो। घटनापछि केही समयका लागि रेल सेवा अवरुद्ध भएको र हाल सामान्य सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : १७ बजे