इस्लामाबाद । पाकिस्तानी क्रिकेटर हैदर अली इंग्ल्याण्डमा बलात्कारको आरोपमा पक्राउ परेका छन्। टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) का २४ वर्षीय ब्याट्सम्यानलाई गत ३ अगस्टमा ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेको हो।
हैदर अलीले उक्त दिन क्यान्टरबरीमा मेलबर्न क्रिकेट क्लबविरुद्धको खेल खेलेपछि पक्राउ परेका हुन्। उनलाई पछि जमानतमा रिहा गरिएको छ, तर उनको राहदानी जफत गरिएकाले अनुसन्धान पूरा नहुँदासम्म देश छोड्न पाउने छैनन्। आरोप लगाउने महिला पाकिस्तानी मूलकी रहेको बताइएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदरलाई अनुसन्धान सकिएसम्म निलम्बन गरेको छ। पीसीबीका प्रवक्ताले गिरफ्तारीको जानकारी पाएको र बेलायतमा आफ्नै अनुसन्धान गर्ने बताए। बोर्डले हैदरलाई कानुनी सहयोग उपलब्ध गराउने पनि जनाइएको छ।
प्रतिक्रिया