काठमाडौं – झापाको अर्जुनधारामा बिहीबार साँझ एक घण्टाको अवधिमा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिस्ने वर्षामापन केन्द्रमा साँझ ६:५५ बजे भारी वर्षा रेकर्ड गरिएको हो।
विभागले थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। यसका कारण साना खोलानालामा बहाव अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले जनजीवन प्रभावित हुन सक्ने भन्दै नदीकिनार तथा ढल निकास आसपास बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ।
प्रतिक्रिया