काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आदिवासी जनजाती समूदायका लागि प्रविधिको विकास, अवसर र चुनौती दुवैको रुपमा प्रस्तुत भएको बताएका छन् ।
विहीबार काठमाडौंमा ३१ औं विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा तिव्र गतिमा डिजिटल र प्रविधिमैत्री बनिरहेको विश्वमा एआई केबल प्रविधिको विषय मात्र नभइ मानव जीवनको हरेक पक्षमा गहिरो प्रभाव पार्ने शक्तिशाली उपकरण बनेको भन्दै यस्तो प्रविधि आदिवासी जनजाती समूदायका लागि अवसर र चुनौती दुवै भएको बताए ।
उनले भने, ‘आजको विश्व तिव्र गतिमा डिजिटल र प्रविधिमैत्री बनिरहेको छ । एआई अब केबल प्रविधिको विषय मात्र होइन, मानव जीवनको हरेक पक्षमा गहिरो प्रभाव पार्ने शक्तिशाली उपकरण पनि हो । हामीले चाहे पनि नचाहे पनि एआई अब हाम्रो जीवनको हिस्सा बन्दै गइरहेको छ । यस्तो अवस्थामा आदिवासी जनजाती समुदाय जस्ता पहिचान, भाषा, संस्कृति र अधिकारका दृष्टिले संवेदनशील समूदायका लागि यो प्रविधि अवसर र चुनौती दुवैको रुपमा प्रस्तुत भएको छ ।’
यस्तै, उनले कृतिम बौद्धिकता प्रणालीहरुले आदिवासी समुदायका आवाज, दृष्टिकोण, ज्ञान र प्रणालीलाई उपेक्षा गर्ने र बहिष्करण, भेदभाव र पहिचानको संकट निम्ताउन सक्ने सम्भावना पनि भएको भन्दै यसको विकासमा आदिवासी जनजातीको सक्रिय सहभागिता हुनुपर्ने बताए ।
प्रतिक्रिया