Logo

मुख्य समाचार

ठूली भेरी नदीले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन विभागको आग्रह


२० श्रावण २०८२, मंगलबार  

69
Shares

काठमाडौं । डोल्पास्थित ठूली भेरी नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार त्रिपुराकोट जलमापन केन्द्रमा मंगलबार दिउँसो ६:०६ बजे नदीको जलस्तर सतर्कता तह नाघेको छ।

विभागले नदीमा जलस्तर थप बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

“ठूली भेरी नदीमा जलस्तर बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा रहने सबैलाई आवश्यक सतर्कता अपनाउन सूचित गरिन्छ,” विभागको विज्ञप्तिमा उल्लेख छ।

यस्तै अवस्था जारी रहेमा डोल्पा क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिनमा डुबानको जोखिम बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। विभागले जलस्तरको निरन्तर अनुगमन भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ५२ बजे