Logo

कर्पोरेट

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री होटलमा डिजिटल भुक्तानीमा विशेष छुट


१५ श्रावण २०८२, बिहिबार  

46
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको सहकार्य अनुसार बैंकका ग्राहकले बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियर होटलमा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।

सम्झौता अनुसार ग्राहकले होटलको आवास, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।

बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

ग्राहकले यस छुटको लाभ लिन एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ अथवा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकले यो सहकार्यले ग्राहकहरूलाई विशेष लाभ प्रदान गर्नुका साथै देशको डिजिटल भुक्तानी प्रणालीलाई थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ३ : ५५ बजे