Logo

समाचार

१७.५० ग्राम खैरो हिरोइनसहित काठमाडौंमा ४ जना पक्राउ


१३ श्रावण २०८२, मंगलबार  

92
Shares

काठमाडौं । लागुऔषध नियन्त्रणको लागि सञ्चालन गरिएको छुट्टाछुट्टै दुई अभियानमा काठमाडौं प्रहरीले १७.५० ग्राम खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पहिलो पक्राउ साउन ९ गते दिउँसो १२:३० बजे गोकर्णेश्वर नगरपालिका–८ स्थित सडक खण्डमा गरिएको चेकजाँचका क्रममा गरिएको हो। गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले एक व्यक्तिको साथबाट १० ग्राम खैरो हिरोइन र नगद रु ५,००० फेला पारेको थियो।

त्यसैदिन दिउँसो १:१० बजे कागेश्वरी मनोहरा नगरपालिका–७ मा पनि लागुऔषध नियन्त्रण ब्यूरोसँगको सहकार्यमा मनोहरा प्रहरी वृत्तको टोलीले सार्वजनिक सवारी साधनमा शंका लागेर चेकजाँच गर्दा थप एक व्यक्तिको साथबाट ७.५० ग्राम खैरो हिरोइन बरामद गरेको हो।

पक्राउ परेकाहरूको विवरण यसप्रकार छ:
१. बहादुर कार्की, ४९ वर्ष, साङ्गाचोकगढी नगरपालिका–२, सिन्धुपाल्चोक
२. रोशन कार्की, २४ वर्ष, शंखरापुर नगरपालिका–९, काठमाडौं
३. अञ्जल अहमद साह, २२ वर्ष, गुलरिया नगरपालिका–११, बर्दिया
४. १९ वर्षे युवक, इटहरी (नाम गोप्य)

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ३४ बजे