रौतहट । प्राइम सेरामिक्स प्रालिले रौतहटको गरुडा बजारमा आधिकारिक टायलको शोरुम सञ्चालनमा ल्याएको छ ।
गरुडा नगरपालिका–४ बजारमा रहेको गुप्ता हार्डवेयरले सो कम्पनीको टायल बिक्रि गर्ने भएको हो ।
प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले एक कार्यक्रमका बिच उक्त शोरुमको उदघाटन गरेका हुन् । उनका अनुसार अब उपभोक्ताहरुले छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा आधारित भित्ता र भुइँ टायलहरु खरिद गर्न सक्नेछन ।
कम्पनीले विभिन्न ६ सय आकर्षक डिजाइनको प्राइम टायल उत्पादन गर्दै आएको उनले उल्लेख गरेका छन ।
भारतमा उत्पादन हुने टायल भन्दा यो कम्पनीले ३० देखि ४० प्रतिशत सस्तो मूल्यमा टायल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ।यो कम्पनीले नेपालको २० प्रतिशत टायल उत्पादन गर्दै आएको छ ।
प्राइम सेरामिक्स प्राली तीन वर्ष अघि रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा तीन अर्ब भन्दा बढी रुपैयाँको लागतमा १० बिघा क्षेत्रफलमा स्थापना भएको थियो । अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्र मार्फत यो उद्योगले भित्ता र भुइँको टायल उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया