Logo

मुख्य समाचार

हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग


२ श्रावण २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरुपमा हेर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा ब्यूरोक्रेसीलाई भन्दा पनि प्राविधिक रुपमा विधेयकलाई हेर्नुपर्छ । यसको सम्बन्ध प्रत्यक्ष यात्रुसँग हुने भएकाले टेक्निकल पार्टलाई ध्यान दिनुपर्छ ।’

सांसद गौतमले प्राधिकरणको समिति गठन गर्दा हवाइ क्षेत्रमा कम्तिमा १५ वर्ष अनुभव भएको व्यक्ति अध्यक्ष हुनुपर्ने बताइन् ।

‘प्राधिकरणको अध्यक्ष, सदस्यहरुमा विवाद नगरी हवाई क्षेत्रको सुरक्षाको लागि हवाइ क्षेत्रमा कम्तिमा १५ वर्ष अनुभव भएको त्यस उड्यन क्षेत्रमा विज्ञता प्राप्त स्वतन्त्र व्यक्ति अध्यक्ष हुनुपर्छ,’ उनले भनिन् ।

उनले प्रधिकरणको अध्यक्षको कार्यकाल एक पटक पुरा भएपछि पुनः अर्को कार्यकालका लागि छनोट नहुने व्यवस्था गर्नुपर्ने पनि बताइन् ।

सो क्रममा सांसद राज किशोर यादवले समिति बैठकमा उठेका मुद्दाहरुलाई समय सान्दर्भिक रुपमा सम्बोधन हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : ०१ बजे