काठमाडौं । फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खेमलाल देवकोटाले प्रदेश बजेटमा आन्तरिक ऋणको ग्राफ देखाएर बजेटको आकार ठूलो देखाउने प्रवृत्ति रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित प्रदेश बजेटका विशेषता र राजस्व अभिवृद्धि अन्तर –प्रदेश संवाद कार्यत्रक्रममा बोल्दै उनले प्रदेशको सुरुको बजेट दुईसय आठ अर्बबाट सुरु भएकोमा यसवर्ष दुई सय ८८ को बजेट रहेको भन्दै आन्तरिक ऋणको ग्राफ देखाएर बजेटको आकार ठूलो देखाउने प्रवृत्ति रहेको बताएका हुन् । ्
उनले भने,‘प्रदेशको विषयमा ७४–७५ को पहिलो बजेटको बेलामा एउटा अन्यौलता थियो । पहिलो बजेट सात अर्ब १४ करोड थियो, इतिहास त्यहाँबाट सुरु भएको छ । पूर्ण बजेट सातवटा प्रदेशको दुईसय आठ अर्बको थियो । अहिले दुई सय ८८ को बजेट छ । आन्तरिक ऋणको विषयमा वहस गर्न आवश्यक छ । यो आन्तरिक ऋणको ग्राफ देखाएर बजेटको साइज ठूलो देखाउने प्रवृत्ति पहिलो दिनदेखि नै देखिरहेको छु ।’
उनले अर्थमन्त्री विष्णु पौडेलले रोष्टमबाट नै पहिलेको बजेटलाई चाँही उपभोक्क्ता समितिले र वन समितिले गर्ने जस्तो भनेको स्मरण गर्दै तर अहिलेका बजेटहरु हेर्दा अधिकांश मन्त्रालयहरु ट्रयाकभन्दा बाहिर गएको समेत बताए ।
त्यस्तै,बागमती प्रदेशका लेखा निर्देशक हरिप्रसाद उपाध्यायले संघमा समस्याको जालो देखिएको भन्दै प्रदेश र स्थानीय तहमा त्यसको असर मात्र देखिएको बताए ।
प्रदेशको विगतको कसरी खर्च भइरहेको खर्चले उत्पादन गर्यो कि गरेन भन्ने कुरा सबै प्रदेशमा हेर्न जरुरी रहेको पनि उनले बताए ।
प्रतिक्रिया