Logo

समाचार

रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका  सांसदहरूले आज(सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । तर विरोधकाबीच सभामुखले कार्यसूची अघि बढाएपछि उनीहरुले बैठक बहिस्कार गरेर बाहिर निस्केको हुन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : ५० बजे