Logo

मुख्य समाचार

तीनकुने घटना राज्य आतंकका कारण भएको हो : सांसद जबरा



काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना राज्यले राप्रपाले नभई राज्यको आतंकका कारण भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मन्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।

सांसद जबराले आफूहरुले छानबिन समितिको माग गरिरहेको तर सरकार भने छानबिन समिति बनाउन डराइरहेको बताए ।

‘चैत्र १५ गते तीनकुनेमा भएको घटना राज्यको आतंक हो । मन्चमा राष्ट्रिय गान बज्दा समेत अश्रु ग्याँसको प्रयोग गरिएको छ । अहिलेसम्म कति आन्दोलन भयो कहिले पनि यस्तो भएको थिएन । घटना हामीले गरेको होइन् राज्य आतंकका कारण घटेको हो । दुर्गा प्रसाईंले पनि आतंक मच्चाएका होइनन् जनतालाई राज्यले नै भड्काएको हो । घट्नाको छानबिनको माग गरेका छौँं । सरकार छानबिन गर्न किन डराइ रहको छ,’ उनले भने  ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ३९ बजे