Logo

समाचार

काठमाडौंमा ४ किलो लागुऔषध गाँजासहित एकजना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित कोटेश्वरमा लागुऔषध गाँजा कारोबार भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मार्दा ४ किलो १०० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार असार ५ गते दिउँसो ४:३० बजेको समयमा प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले कोटेश्वरस्थित एक गेष्ट हाउसको कोठा नं. २०६ मा खानतलासी गर्दा झोलाभित्र लुकाइ राखिएको अवस्थामा ४ किलो १०० ग्राम गाँजा बरामद गरेको हो।

उक्त कोठामा बसोबास गरिरहेका झापा जिल्लाको गौरीगञ्ज नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौंमा बस्दै आएका २० वर्षीय युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित युवकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा राखी पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

बरामद सामग्री:

  • गाँजा: ४ किलो १०० ग्राम

प्रहरी अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनुपराज बोहोराले गरेका हुन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ०७ बजे