काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन् ।
शुक्रबार काठमाडौमा आयोजित बौद्धिक सम्पत्ति अधिकार वर्तमान स्थिति, चुनौती र अवसरहरू बारे जर्नल लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीतिहरुमा राखेको भन्दै कतिपय कानूनहरु निर्माणको क्रममा रहेको बताए ।
उनले भने, ‘हाम्रो संस्कृति नीति मन्त्रिपरिषद्मा छ, यो नीतिले पनि बौद्धिक सम्पत्तिको अधिकारको विषयलाई समेटेको छ । त्यसैगरि उद्योग नीति लगायत विभिन्न नीतिहरु उद्योग मन्त्रालयबाट पनि अगाडि बढेको अवस्था छ । कतिपय कानूनहरु निर्माणको क्रममा छौ, अब अभौतिक सम्पदासँग सम्बन्धित कानून हाम्रो राष्ट्रिय सभामा छलफलको क्रममा छ । यो विषयलाई महत्वका साथ हामीले हाम्रो नीति, कानूनहरुमा व्यवस्थित गर्नुपर्ने छ ।’
यस्तै, उनले देशभित्र आफ्नो सम्पत्तिको प्रर्वद्धन गर्ने र देश बाहिर त्यसको ब्रान्डिङ गर्नुपर्ने समेत बताए । प्राकृतिक सम्पदाबाटै भएपनि नेपाललाई विश्वभर चिनाउनु पर्ने पनि उनको भनाई छ ।
उनले भने, ‘देशभित्र आफ्नो सम्पत्तिको प्रर्वद्धन गर्ने र देश बाहिर ग्लोबल क्षितिज छ त्यसको ब्रान्डिङलाई स्थापित गर्नुपर्ने छ । धेरैजना यो क्षेत्रसँग समन्वय हुनुहुन्छ । कतिपय यहाँ पीडित पनि हुनुहुन्छ । बौद्धिक सम्पत्ति माथिको आधिकार सरकारले सुनियोजित नगरेको हुँदा कतिपय अवस्थामा उनिहरु पीडित रहेका छन् । सबै विषयलाई सरकारले सम्बोधन गर्ने हो आज उठेका विषयलाई हामी लिपिवद्ध गर्छौ । आगामी दिनमा समन्वय गर्ने छौँ । निराशा नहुनु ।’
प्रतिक्रिया