काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले हटाइएका धाराहरुलाई हाललाई थाँती राख्दै तत्कालको आवश्यकतालाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने बताएका छन् ।
शुक्रबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुको बिचमा सहमति भएको खण्डमा खास घटनाका लागि विधेयक ल्याउन सक्ने बताएका हुन् ।
उनले भने, ‘केही मुद्दाहरु फिर्ता लिनुपर्ने आवश्यकता छ । राजनीतिक दलहरुको बिचमा छलफल भयो भने खास घटनाका लागि विधेयक ल्याउन सक्छौ । हटाएका धाराहरु छाडेर अघि बढ्दा हुन्छ र राजनीतिक दलहरुको बिचमा सहमती भए तत्कालको आवश्यकतालाई ध्यानमा राखेर व्यवस्था गर्न सकिन्छ ।’
आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिएको थियो ।
प्रतिक्रिया