Logo

समाचार

डिस्को, बार र क्लबमा निगरानी बढाउन जरुरी



काठमाडौँ । सावित्री देवी स्मृती प्रतिष्ठानले समाजमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।

स्व सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन् ।

बुधबार काभ्रेपलाञ्चोकको पनौतीमा स्वास्थ्य स्वयमसेविका मनकुमारी लामा, अनिस्मा तामाङ्, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा सम्मानित भएका छन् । स्वास्थ्य स्यमसेविका लामा १० हजार, तामाङ १० हजार, अभियान्ता शर्मा २५ हजार र डा. लामिछाने २५ हजार नगदसहित सम्मानित भएका हुन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला र नगदसहित सबैलाई सम्मानित गरेकी थिइन् ।

जेष्ठ नागरिकको उपस्थितीमा भएको कार्यक्रममा अध्यक्ष कोइरालाले समाजमा लागु औषधको समस्या बढिरहेको  बताइन् । उनले अहिले डिस्को, बार र क्लबमा अवाञ्छित गतिविधि भएकाले त्यहाँ निगरानी बढाउन ध्यान दिनलाई सरकारको ध्यानाकर्षण गराइन् ।

१३ देखि १९ बर्षसम्मका बालबालिकाहरुमा यस्तो लत देखिएको र लागुऔषध बिक्री हुनु राम्रो कुरा नभएकोतर्फ ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा डा.राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले प्रतिष्ठानले खेलेको भुमिकाको बारेमा मन्तव्य दिएका थिए । प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अभियन्ता श्रेष्ठले २५ हजार नगद सहयोग गरेका छन् । प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिती रहेको थियो । पनौती ११ का वडाअध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपती, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : ४१ बजे