Logo

कर्पोरेट

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, विद्यमान संस्थापकहरूलाई ३५ दिनको समयसीमा



काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना संस्थापक समूहका शेयरहरू बिक्रीमा राखेको छ। बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र आवेदन दिन अनुमति दिएको छ।

बैंकका अनुसार, संस्थापक शेयर बिक्रीका लागि आजदेखि आवेदन दिन सकिनेछ। यद्यपि, बैंकले बिक्रीमा राखिएको कुल शेयर संख्या भने खुलाएको छैन।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले काठमाडौँको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट उल्लेख गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

बैंकले तोकिएको समयभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति वा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

बैंकको यो निर्णयले संस्थापक समूहभित्रको स्वामित्व संरचना पुनः व्यवस्थित गर्ने संकेत गरेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : २० बजे