Logo

कर्पोरेट

एशियन लाइफ इन्स्योरेन्सको ५.३६% लाभांश घोषणा, चुक्ता पूँजी ३.५७ अर्ब पुग्ने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले सो निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश रहेका छन्।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि चुक्ता पूँजी ३ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। यद्यपि, नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

घोषित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  २ : ०६ बजे