काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। कम्पनीले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै बुकक्लोजको दिन शेयर मूल्य समायोजन गरिएको हो।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५०६ रुपैयाँ ९९ पैसाका आधारमा शेयर मूल्य समायोजन गरी नयाँ मूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम गरेको छ।
समायोजनपछि अब दोस्रो बजारमा उक्त मूल्यलाई आधार मानेर शेयर कारोबार हुनेछ। कम्पनीले वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेसँगै मूल्य समायोजन गरिएको हो।
प्रतिक्रिया