तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनीटारमा बिहीवार बिहान पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ का ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दघाट सुस्ता पूर्व गैँडाकोट नगरपालिका–१२ का २५ वर्षीय मिलन ढकाल रहेका छन्।
प्रहरीका अनुसार, मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ढकालले बोकेको झोलाबाट अमेरिकामा निर्मित ‘७७१’ नम्बरको पेस्तोल, एकथान म्यागजिन र एक राउन्ड गोली बरामद गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया