Logo

अर्थ

नेपाल बैंकर्स संघका पदाधिकारीले गभर्नर पौडेललाई भेटे



काठमाडौं । नेपाल बैंकर्स संघ (NBA) का कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन्।

भेटका क्रममा संघका प्रतिनिधिहरूले बैंकिङ क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन राष्ट्र बैंकको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यमान आर्थिक चुनौतीहरूको समाधानका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

पदभार ग्रहण गरेपछि गभर्नर पौडेलसँग भएको यो भेटलाई बैंकिङ क्षेत्रसँगको समन्वय सुदृढ गर्ने प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ८ : ०६ बजे