Logo

मुख्य समाचार

पूर्ण सिंह विष्टविरुद्ध नक्कली प्रमाणपत्र प्रयोग गरी पदोन्नति लिएको आरोपमा मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीका पूर्ण सिंह विष्टविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी पदमा पदोन्नति लिएको अभियोगमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विष्टले भारतको उत्तर प्रदेशस्थित जीएनके इन्टरमिडियट कलेज, कानपुरबाट प्राप्त भनिएको माध्यमिक शिक्षा परिषद्को नक्कली प्रमाणपत्र प्रयोग गरेका थिए। सो प्रमाणपत्रको आधारमा उनी सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा विकास प्रशिक्षण प्रतिष्ठान, पञ्चेश्वरमा सहायक (द्वितीय श्रेणी प्रशासन) पदमा पदोन्नत भएका थिए।

अनुसन्धानबाट प्रमाणपत्र झुटो भएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवाना माग गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ७ : ०२ बजे