काठमाडौं । धितोपत्र दोस्रो बजारमा बुधबार कारोबार सुरु भएको पहिलो पाँच मिनेटमै एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार, सो अवधिमा नेप्से परिसूचक ४८.९५ अंकले वृद्धि भएको छ।
कारोबार प्रारम्भ भएको छोटो अवधिमै बजारमा उच्च क्रियाशीलता देखिएको हो। पाँच मिनेटको कारोबारमा कुल २३० वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ११ कम्पनीका सेयर मूल्य घटेका छन्।
बजार विश्लेषकहरूका अनुसार कारोबारको सुरुआती तीव्रता र सूचकको उल्लेखनीय वृद्धि लगानीकर्ताको उच्च चासो र सकारात्मक मनोवृत्तिको संकेत हो।
प्रतिक्रिया