काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताबाट टुसाल युवा क्लब पनि रेलिगेट भएको छ। मंगलबार बिहान भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र वीरगञ्ज युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएपछि टुसालको रेलिगेशन पक्का भएको हो।
१२ खेल खेलिसकेका टुसालले २ जित, ५ बराबरी र ५ हारबाट जम्मा ११ अंक मात्र जोड्न सक्यो। उसले अब शीर्ष डिभिजनमा बढुवा भइसकेको प्लानिङ ब्वाइजसँग अन्तिम खेल खेल्न बाँकी छ, तर त्यो खेल जिते पनि रेलिगेसन टार्न सक्ने छैन।
यसअघि नै नयाँबस्ती युथ क्लब रेलिगेट भइसकेको छ। उसले १२ खेलमा १ जित, २ बराबरी र ९ हार बेहोर्दै जम्मा ५ अंक जोडेको छ।
त्यसैगरी, मंगलबारको बराबरी नतिजाबाट आरसीटीले भने बी डिभिजनको स्थान सुरक्षित गर्न सफल भएको छ। १२ खेलमा ४ जित, ३ बराबरी र ५ हारको नतिजासहित उसले १५ अंक जोडेको छ। अब आरसीटीले लिगको अन्तिम खेल श्री कुमारी क्लबसँग खेल्नेछ। यो खेलमा हार भोगे पनि रेलिगेसनको खतराबाट टोली सुरक्षित छ।
यससँगै ‘बी’ डिभिजन लिगबाट रेलिगेट हुने टोली टुसाल युवा क्लब र नयाँबस्ती युथ क्लब बनेका छन्।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया