काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलमा भएको कर्तव्य ज्यानको घटनामा संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०७९ साल वैशाख ३० गते राति करिब ९ बजेतिर किराना पसलमा बसिरहेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि कुटपिट भएको थियो। गम्भीर घाइते राईको उपचारको क्रममा मृत्यु भएपछि घटनामा संलग्न पाँच जना फरार रहेका थिए।
प्रहरीले उनीहरूलाई फरक–फरक मितिमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धमार्फत थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
पक्राउ परेका अभियुक्तहरूमा रामेछाप, सुनापती गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर–१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही, बाग्मती गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर–२ बस्ने २३ वर्षीय समिर वाइवा तामाङ, २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंमा बस्ने २९ वर्षीय दिपेन्द्र भुजेल, र काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका–७ निवासी २८ वर्षीय अनुराग तामाङ रहेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया