Logo

समाचार

सरकारले ढुवानी विक्रि वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भयो : मन्त्री भण्डारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङलाई सरकारले दिएको ढुवानी विक्रि वितरणको जिम्मेवारी अब निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भएको छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ढुवानी विक्रि वितरणको अधिकार साल्ट टे«डिङ कर्पोरेशनलाई दिने भन्ने कुरा अझै पनि कायम नै रहेको भन्दै निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट पनि नभएको बताए ।

उनले भने, ‘नेपाल सरकारको समेत केही हिस्सा यो संस्थासँगको आवद्धता र त्यसलाई अलि बढि विश्वसनिय तवरबाट ढुवानीको कार्य गर्दै आई रहेको छ । हिजो केही मिडियामा साल्ट टे«डिङसँग सरकारले ढुवानी विक्रि वितरणको जुन जिम्मेवारी दिएको थियो । त्यो अब निजी क्षेत्रलाई दिने भन्ने खालको कुरा आयो, यो कसरी र किन आयो त्यो जानकारी भएन तर सुन्नमा आएको छ । अहिलेसम्म ढुवानी विक्रि वितरणको अधिकार साल्ट टे«डिङ कर्पोरेशनलाई छ । धेरै वर्षसम्म छ । आगामी आर्थिक वर्षको मन्त्रालयको नियमित कार्यक्रम र सिलिङ् जे आउछ त्यो आज पनि कायम छ । निजी क्षेत्रलाई दिने भन्ने खालको निर्णय कतैबाट भएको छैन् ।’

यस्तै, उनले आपूर्ति श्रृंखलालाई व्यवस्थित गर्न र आइपर्ने विविध खालका समस्याहरुमा सहजीकरण गर्न योजना बनाई अगाडि बढ्ने बताए ।

उनले भने, ‘आपूर्ति श्रृंखलालाई व्यवस्थित गर्न हामी धेरै नजिकबाट साल्ट टे«डिङ कर्पोरेशनसँग छलफल गरेर आई पर्ने विविध खालका समस्याहरुमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा पनि हामी योजना बनाई रहेका छौ, छलफल गरिरहेका छौ ।’

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : १० बजे