काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छिमेकी मुलुकसँग साँस्कृतिक समानता मात्र भएर नपुग्ने बताएका छन् ।
सोमबार उपन्यास ‘सान्दाजुु’ लोकार्पण समारोह कार्यक्रममा बोल्दै उनले युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको भन्दै हाम्रो पनि भारतसँग साँस्कृतिक समानता भएर सबै ठिक नहुने बताएका हुन् ।
‘नेपाल र भारतको साँस्कृतिक सम्बन्ध र समानता भएर मात्र सबैकुरा ठिकठाक हुन्छ भन्ने छैन ्। किनभने युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको छ । समकालीन राजनीतिक विमर्शमा आएको जतिपनी विषयहरु छन् ति पार्टी र सरकारसँगको सम्बन्ध कस्तो हुनुपर्छ, नेताको परिवारप्रतिको जवाफदेहीता कस्तो हुनुपर्छ भन्ने प्रश्नहरु छन् । यस्ता पश्नहरुको जवाफ खोज्दा विपी कोइरालाका साहित्यहरुबाट उत्तर भेटाउन सक्छौं ।’
उनले नेपाली कांग्रेसभित्र पनि विपीका साहित्यको चर्चा हुने एवम पढिने गरेकाले आफूलाई चाहिएको समयमा मात्र उनको व्यख्या गरिने गरेको बताए ।
‘विपी कोइरालाको साहित्यलाई पढेका छैनौ । नेपाली कांग्रेसभित्र पनि चर्चा गरेका छैनौ । विपी कोइरालाले कही भनेका कुरालाई आफूलाई चाहिएको कोटेशन बनाएर ल्याएर विपी यसो भन्नुहुन्थो भन्दै व्यख्या गर्छौ । विपीलाई महामानव बनाएर गुम्साएर राख्छौ ।’
यस्तै उनले उपन्यास ‘सान्दाजुु’ ले विपी कोइरालालाई नयाँ पुस्तामा परिचित गराएको नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता सान्दाजुको सन्तति भएको बताए ।
सो क्रममा महामन्त्री थापाले आफ्नो पार्टी नेपाली कांग्रेस सरकारमा भएपनि स्थानीय तहदेखि केन्द्रसम्म असन्तुष्टि र उकुसमुकुस भएको बताए ।
सो अवसरमा थापाले सुभाष घिमिरेद्वारा लिखित जननायक बीपी कोइरालाको जीवनकथामा आधारित ऐतिहासिक उपन्यास ‘सान्दाजु’को लोकार्पण गरेका थिए ।

 
                                                                   
                    
                








 
                     
                     
                    
प्रतिक्रिया