हेटौंडा । बागमती प्रदेशसभाको १६औं अधिवेशन हेटौंडामा सुरु भएको छ । निर्धारि समयभन्दा दुई घण्टा ढिलागरी प्रदेशसभा बैठक सुरु भएको हो । बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक ढिला सुरु भएको हो ।
सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलागरी बैठक सुरु भएको हो ।
माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्ष दलहरूलाई मुख्यमन्त्री वहादुरसिंह लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचीमा बैठक सञ्चालन गरिएको हो ।
अधिवेशन बैठक सुरु गर्न भएपनि संसद्का अन्य कार्यसूची भने अघि नबढाउने संसद् सचिवालयले जनाएको छ । सत्तापक्ष र प्रतिपक्ष दल बिचको सहमति पछि मात्र बैठकका कार्यसूची अघि बढाउने तयारी संसद्को रहेको छ ।
प्रतिक्रिया