काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओको निष्कासन अवधि छिटोमा जेठ १९ गतेसम्म खुला रहनेछ। यदि सो अवधिसम्म पूर्ण आवेदन नपरेमा भने आवेदन अवधि जेठ २८ गतेसम्म लम्ब्याइनेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो, जुन कम्पनीको ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको जारी पूँजीको ४८.६९६ प्रतिशत हो। उक्तमध्ये ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिने हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय, र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सि-आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 
                                                                   
                    
                








 
                     
                     
                    
प्रतिक्रिया