Logo

विश्व

फेसन शो मा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरूको प्रदर्शन



एजेन्सी । सियरा लियोनको राजधानी फ्रिटाउनमा इको एलिगेन्स फेसन शोमा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरू प्रदर्शन गरिएको छ ।

रनवेमा उत्रँदा जीवन्त बाटिक गाउन लगाएका मोडलहरूले ड्रेसवेयर उत्पादनलाई प्रमुख प्रदूषकका रुपमा नभइ जलवायु परिवर्तन विरुद्धको हतियारमा परिणत गर्ने साहसिक प्रयास भएको प्रश्तुती दिए ।

मिस वल्र्ड सियरा लियोन २०२४ बाट प्रेरित उक्त फेशन सोमार्फत पृथ्वी जोगाउन सचेतना जगाउनले उद्देश्य राखिएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार, फेसन विश्वको सबैभन्दा ठूलो प्रदूषकहरू मध्ये एक हो । जसले विश्वव्यापी कार्बन उत्सर्जनको लगभग १० प्रतिशत जिम्मेवार मानिन्छ । कच्चा तेल उद्योगपछि फेसन उत्पादकहरुलाई दोस्रो स्थानमा राखिएको छ ।

कार्यक्रमले पुनः प्रयोग गरिएका कपडाहरू र परम्परागत पश्चिम अफ्रिकी रंग प्रविधिहरूमार्फत द्रुत फेसनको वातावरणीय क्षतिलाई प्रत्यक्ष रूपमा चुनौती दिएको आयोजकको भनाइ छ ।

इको एलिगेन्सकी सीईओ र मिस वल्र्ड सियरा लियोन २०२४ डेजी मुजेह अब्दुलाईले जलवायु लडाईमा फेसनलाई बेवास्ता गरिएकको बताइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ४ : ११ बजे