Logo

मुख्य समाचार

बारपाक फोटो प्रदर्शनी सुरु, गगन थापाले दिए शुभकामना



काठमाडौं । ‘बारपाक फोटो प्रदर्शनी २०२५’ आजबाट काठमाडौंको नेपाल पर्यटन बोर्डमा सुरु भएको छ ।

विहीबारबाट सुरु भएको फोटो प्रदर्शनी ‘१० वर्ष गोरखा भूकम्पको’ तस्बिरहरु राखिएको छ । प्रदर्शनी मे १५, १६ र १७ गरेर तीन दिन चल्छ । प्रदर्शनी प्रकाशचन्द्र तिमिल्सेनाले लिएका तस्बिरहरु राखिएका छ ।

सोही क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरु भएको भन्दै फोटोहरुले पुरानो कुराहरु याद दिलाएको बताए ।

उनले भने, ‘यस्ता खालको कार्यक्रमको आयोजना गर्नु भएकोमा पर्यटन बोर्डलाई धन्यवाद दिन चाहन्छु । बारपाक भन्ने बित्तिकै सबैलाई केही न केही कुरा याद आउँछ । यस्तै बैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरु पनि छन् । प्रदर्शनमा रहेका फोटोहरुले पूरानो कुराहरु पनि याद दिलाउँछ । लामो कथाहरुलाई एउटा फोटोबाट पनि बुझाउन सकिन्छ ।’

यसको साथै, उनले फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनालाई बधाई र शुभकामना पनि दिएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ३ : ४१ बजे