Logo

समाचार

भूकम्पको शिर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले भूकम्पको शिर्षकमा बजेट नछुट्याइएको भन्दै भूकम्पको पुनःनिमार्णको लागि बजेट छुट्याउन आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले अहिले जनतामा निराशा बढ्दै गएको भन्दै जनजिवीकाको सवालमा काम गर्नुपर्ने बताएका हुन् ।

‘भूकम्पको शिर्षकमा बजेट छुट्याइएको छैन भन्ने जानकारी पाएको छु त्यसो नगरियोस् । भुकम्पको पुनःनिमार्णको लागि सबै क्षेत्रमा बजेट छुट्याइयोस् । संघीय लोकतान्त्रिक गणतन्त्रको अधिकार हुँदाहँुदै पनि जनतामा निराशा छ । जनजिवीकाको सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन सकेन्,’ उनले भने ।

बजेट आम्दानी खर्चको फाटबारी मात्र नभएर असमानताको खाडलबाट निस्कन नसकेका जनतालाई माथि ल्याउने माध्यम भएकाले बजेटमा संरचनागत पूर्नसंरचना गर्नुपर्ने पनि बताए ।

‘बजेट बनाउँदै गर्दा जनअपेक्षा पुरा गर्ने स्रोत हाम्रो छैन, त्यो स्रोत कहाँबाट ल्याउने बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ १७ प्रतिशत मात्र पूँजीगत खर्च हो । त्यसैले ६५ लाई ३५ मा ल्याउनुस् हाम्रो समर्थन हुनेछ । त्यसको लागि संरचनागत पूर्नसंरचना हो,’ उनले भने ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ०२ बजे