Logo

समाचार

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : मन्त्री राणा



काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाजलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने बताएकी हुन् । 

उनले भनिन्, ‘नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ । सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाज सबैलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने काम गर्छ । हामीले यो संवादमा विशेष गरेर हिमालहरुलाई प्राथमिकता दिने छौ ।’

यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् ।

उनले भनिन्, ‘नेपाललाई बलियो पूर्वाधारको आवश्यकता छ । यसैले हामी अन्य देशका साझेदारहरूको साथ हाम्रो देशको सेवा गर्न चाहन्छौं । प्राकृतिक जलवायु स्थिरीकरणकर्ताको रूपमा, आर्थिक पुलको रूपमा विकास गर्दै, र जीविकोपार्जनमा पनि योगदान पु¥याउन चाहन्छौं ।’

विपद् जोखिम व्यवस्थापनमा धेरै चुनौतीहरुको सामना गर्नुपरेको भन्दै नेपाल विपद् जोखिम न्यूनिकरण, व्यवस्थापन, नीति निर्माण र प्रविधिको विकासको क्षेत्रमा गम्भिर भएर लागि रहेको पनि उनको भनाई छ ।

साथै, उनले नेपालमा बढ्दो तापक्रम, हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको भन्दै यसले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको पनि बताइन् ।

उनले भनिन्, ‘हालैका वर्षहरूमा, नेपालले बढ्दो तापक्रम, कारखानाहरूको अनियमित तापक्रम र हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको छ । बाढीका हिमनदी तालहरूले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको छ । पानीको अभाव र वन डढेलोले देशभरका मानिसहरूलाई अप्रत्याशित पीडा ल्याएको छ । दुःखको कुरा, विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरू तिनीहरूलाई व्यवस्थापन गर्न लागत र स्रोतहरू भन्दा धेरै बढी छन् । त्यसैले आजको जस्तो कार्यशाला धेरै महत्त्वपूर्ण छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ०८ बजे