काठमाडौं । बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ।
सोमबारको लगातार वर्षापछि माप्तीस्थित रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो। रोशी गाउँपालिका–१२ मा रहेको मंगलटारतर्फको सडक खण्डमा रातिको समयमा थप क्षति पुगेको थियो।
गत वर्ष असोजमा आएको बाढीले सो स्थानको राजमार्ग बगाएपछि त्यहाँ अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। सम्बन्धित निकायले क्षतिग्रस्त भाग मर्मत गरी राजमार्ग पुनः सञ्चालनमा ल्याएको छ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया