Logo

समाचार

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित



काठमाडौं  । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो । योसँगै सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ ।

वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : १८ बजे